एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

हिमाल प्रेस ४ असोज २०८० ८:१८ | Thursday, September 21, 2023
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै माधवकुमार नेपाल। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको ६७ औं सचिवालय बैठक बिहीबार (आज) बस्दैछ।

पार्टी कार्यालयमा बिहान साढे १० बजे बैठक बस्ने तयारी रहेको उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए।

यसका अतिरिक्त पार्टीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन–११ बारे पनि छलफल हुने बताइएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भूसालले एकलौटी ढंगले र कमिटी निर्णयभन्दा बाहिर गएर अपानि जारी गरेको भन्दै एकीकृत समाजवादीमा असन्तुष्टि छ।

प्रकाशित: ४ असोज २०८० ८:१८ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast