एकीकृत समाजवादीका उपमहासचिव तुलाधरलाई पितृ शोक

हिमाल प्रेस १ असोज २०८० ९:४५ | Monday, September 18, 2023
एकीकृत समाजवादीका उपमहासचिव तुलाधरलाई पितृ शोक

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज गंगालाल तुलाधरलाई पितृ शोक परेको छ ।

उपमहासचिव तुलाधरका पिता रामबहादुरको पाटन अस्पतालमा उपचारका क्रममा ९७ वर्षको उमेरमा निधन भएको छ। उनी उच्च रक्तचापलगायत रोगबाट पीडित थिए।

पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले शोक विज्ञप्ति जारी गर्दै रामबहादुरको निधनको खबरले अत्यन्तै मर्माहत तुल्याएको बताएका छन्।

खनालले उनीप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: १ असोज २०८० ९:४५ | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast