ऋषि पञ्चमीमा आज काठमाडौँ महानगरमा छैन महिलालाई बिदा

हिमाल प्रेस २ असोज २०८० ८:५१ | Tuesday, September 19, 2023
ऋषि पञ्चमीमा आज काठमाडौँ महानगरमा छैन महिलालाई बिदा काठमाडौँ महानगर

काठमाडौँ- हिन्दु धर्मावलम्बी महिलाले आज ऋषि पञ्चमी पर्व मनाउँदै छन्।

विगतका वर्षमा सरकारले ऋषि पञ्चमी पर्वमा बिदा दिने गरेपनि यो वर्ष भने बिदा कटौती गरेको छ।

यस्तै काठमाडौँ महानगरपालिकाले महिला कर्मचारीलाई ऋषि पञ्चमी पर्वको बिदा नरहेको प्रष्ट पारेको छ।

महानगरले आफ्नो भित्ते पात्रोमा ऋषि पञ्चमीमा महिला कर्मचारीहरूलाई बिदा दिने उल्लेख गरेको थियो। तर, महानगरपालिकाको आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले सूचना जारी गर्दै आज महिला कर्मचारीलाई बिदा नरहेको जानकारी गराएकी छन्।

प्रकाशित: २ असोज २०८० ८:५१ | Tuesday, September 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast