ऋषि पञ्चमीको दिन काठमाडौँमा महिलालाई बिदा नहुने

हिमाल प्रेस १ असोज २०८० १२:२२ | Monday, September 18, 2023
ऋषि पञ्चमीको दिन काठमाडौँमा महिलालाई बिदा नहुने काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले भोलि (मंगलबार) ऋषि पञ्चमीको दिनमा महिलाहरूलाई बिदा नहुने जनाएको छ।

महानगरपालिकाले एक सूचना जारी गर्दै बिदा नभएको जानकारी दिएको हो।

महानगरपालिका आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्ते पात्रोमा असोज २ गते मंगलबार ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरूलाई बिदा भनी उल्लेख भए पनि उक्त दिन बिदा नभएको जानकारी दिइन्।

‘काठमाडौँ महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्ते पात्रोमा मिति २०८० असोज २ गते मंगलबार ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरूलाई बिदा भनी उल्लेख भएको भए तापनि उक्त दिन बिदा नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ,’ सूचनामा उल्लेख छ।

प्रकाशित: १ असोज २०८० १२:२२ | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast