उर्लाबारीको दर्शन कलेजमा काठमाडौँ विश्वविद्यालयको अभिमुखीकरण

हिमाल प्रेस ५ असोज २०८० २०:५५ | Friday, September 22, 2023
उर्लाबारीको दर्शन कलेजमा काठमाडौँ विश्वविद्यालयको अभिमुखीकरण

इटहरी- काठमाडौँ विश्वविद्यालयले विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ। विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टबारे शैक्षिक कार्यक्रमको जानकारी गराउन शुक्रबार मोरङको उर्लाबारीस्थित नेपाल दर्शन कलेजमा अभिमुखीकरण आयोजना गरिएको हो।

कार्यक्रममा सहायक प्राध्यापक डा. राजेश शर्माले विद्यार्थी तथा अभिभावकलाई अभिमुखीकरण दिएका थिए। ‘हामीले गुणस्तरीय शिक्षामा जोड दिएका छौँ। संख्याभन्दा पनि गुणस्तरलाई जोड दिएर शिक्षा प्रदान गरिरहेका छौँ,’ डा. शर्माले भने, ‘पहिलेपहिले काठमाडौँ केन्द्रित मात्रै थियौँ। अहिले गुणस्तरीय विद्यार्थी काठमाडौँबाहिरका पनि भर्ना गर्न थालेका छौँ।’ उनका अनुसार विश्वविद्यालयका कार्यक्रममा गुणस्तरीय विद्यार्थीको रोजाइमा पर्न थालेको छ।

विश्वविद्यालयमा विद्यावारिधि (पीएचडी), एमफिल, एमबीए, बीबीए आईटी लगायतका कार्यक्रम सञ्चालित छन्। एमबीए लामो समयदेखि सञ्चालित कार्यक्रम हो भने एमबीईचाहिँ विश्वविद्यालयको नयाँ कार्यक्रम हो। ‘एमबीईको फिडब्याक राम्रो आएको छ। अब एमबीईमा पनि विद्यार्थीको रुचि बढेको छ’, उनले भने, ‘हामीले आएकाजति विद्यार्थी नभई स्विटेबल विद्यार्थी मात्रै छानेर अध्यापन गराउँदै आएका छौँ।’

एसियाली देशमध्ये नेपालबाट काठमाडौँ विश्वविद्यालय मात्रै डब्लूटीओको चियर प्रोगामअन्तर्गत छनोट भएकोमा उनले खुसी व्यक्त गरे। अभिमुखीकरण कार्यक्रमलाई शर्मासहित सहायक प्राध्यापक विनायक मल्लले सहजीकरण गरेका थिए। कार्यक्रममा ९० जना विद्यार्थीसहित, शिक्षक तथा अभिभावक सहभागी थिए।

विश्वविद्यालयले सात महिनाअघि पनि कोशी प्रदेशको इटहरीमा यस्तो किसिमको कार्यक्रम आयोजना गरेको थियो।

प्रकाशित: ५ असोज २०८० २०:५५ | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast