उत्पादनलाई प्राथमिकता दिन आपूर्तिमन्त्रीको निर्देशन

हिमाल प्रेस २४ भदौ २०८० १८:४१ | Sunday, September 10, 2023
उत्पादनलाई प्राथमिकता दिन आपूर्तिमन्त्रीको निर्देशन

पर्सा- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उत्पादनलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। वीरगञ्जमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार आयोजना गरेको वाणिज्य नीति मस्यौदाका सम्बन्धमा मधेश प्रदेशस्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले यस्तो बताएका हुन्।

व्यवसायीहरूलाई लक्षित गर्दै उनले भने, ‘पछिल्लो समय तपाईंहरूले आयातामात्रै गरिरहनुभएको छ। अब उत्पानमा पनि ध्यान दिनुस्। आर्थिक विकासका लागि उत्पादन अपरिहार्य हो।’ उद्योग व्यवसायले गति नलिएसम्म आर्थिक रूपान्तरण हुन नसक्ने उनको भनाइ छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आन्तरिक आपूर्ति तथा मूल्य शृंखला सुदृढ बनाउने उद्देश्यले वाणिज्य नीति, २०७२ लाई परिमार्जन गर्ने तयारी थालेको छ। मन्त्रालयले वाणिज्य नीतिमार्फत बजार विकास गर्ने, मूल्य श्रृंखलासँग लाभदायी सम्बन्ध गाँस्ने र प्राथमिक उत्पादकदेखि अन्तिम उपाभोक्तासम्म वस्तु तथा सेवाको प्रवाह लागत–प्रभावी बनाउनेगरी नीति परिमार्जन गर्न लागेको हो। जसको मस्यौदा बनाएर मन्त्रालयले सरोकारवालाहरूसँग छलफल अगाडि बढाएको छ।

प्रकाशित: २४ भदौ २०८० १८:४१ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast