काठमाडौँ- आईपे रेमिटको ब्राण्ड इन्फ्लुएन्सरमा आदर्श मिश्र नियुक्त भएका छन्। मिश्रसँग सम्झौता गर्दै नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ।
सम्झौताले आईपे रेमिटलाई ग्राहकसमक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचानमा वृद्धिलगायत ग्राहक संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ।
विगत ११ वर्षदेखि रेमिट्यान्स सेवा दिँदै आएको आईपे रेमिट प्रालि मलेसिया, जापान, कोरिया, कतार, यूएईलगायत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा दिँदै आएको छ।
प्रकाशित: २५ भदौ २०८० २०:४० | Monday, September 11, 2023
प्रतिक्रिया



