आईईएलटीएसको एउटा मात्रै टास्कको पुनः परीक्षा दिन पाइने

हिमाल प्रेस ९ असोज २०८० १३:३७ | Tuesday, September 26, 2023
आईईएलटीएसको एउटा मात्रै टास्कको पुनः परीक्षा दिन पाइने

काठमाडौँ- ब्रिटिस काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र टास्कमा दोहोर्‍याएर परीक्षा दिन पाइने सुविधा) सुरू गरेको छ। यो सुविधा सुरू भएसँगै अब पहिलो पटकको परीक्षामा आशातित नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले सबै टास्कको दोहोर्‍याएर परीक्षा दिनुपर्ने छैन।

वन स्किल रिटेकमा आईईएलटीएस परीक्षाको एउटा खण्डको मात्रै दोहोर्‍याएर परीक्षा दिए पुग्छ। आईईएलटीएमा स्पिकिङ, राइटिङ, रिडिङ र लिस्निङ गरी चार टास्कमा परीक्षा दिनुपर्छ। यसअघि एउटा टास्कमा पर्याप्त स्कोर नआए चारवटैको परीक्षा दिनुपर्ने व्यवस्था थियो।

आईईएलटीएस प्रयोगकर्ताहरूले दिएको सुझाव र प्रतिक्रियाका आधारमा नयाँ व्यवस्था लागू गरिएको ब्रिटिस काउन्सिलका आईईएलटीएस निर्देशक एन्ड्र्यिू म्याकेन्जीले जानकारी गराए। ‘उपयुक्त तयारी र सहायता भयो भने हाम्रा परीक्षार्थीहरूले परीक्षामा उत्कृट अंक हासिल गर्न सक्छन् भन्नेमा हामी विश्वस्त छौँ,’ म्याकेन्जीले भने।

आईईएलटीएस वन स्किल रिटेक चयन गर्ने परीक्षार्थीहरूले दोस्रो परीक्षा रिपोर्ट फारम पाउनेछन्। यसलाई बसाइसराइँ वा अध्ययनको प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ। पाएको अंकका आधारमा परीक्षार्थीहरूले दोहोर्‍‍याएर दिएको परीक्षामा पुरानो वा नयाँ रिपोर्ट कुन प्रयोग गर्ने भनेर रोज्न सक्नेछन्। आईईएलटीएस वन स्किल रिटेकका लागि सुरूको परीक्षा दिएको ६० दिनभित्र आवेदन दिनुपर्नेछ।

प्रकाशित: ९ असोज २०८० १३:३७ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast