आइसरले गर्‍यो ट्रक तथा स्कुल बसका लागि सडक सुरक्षासम्बन्धी कार्यक्रम

हिमाल प्रेस २६ भदौ २०८० १८:५३ | Tuesday, September 12, 2023
आइसरले गर्‍यो ट्रक तथा स्कुल बसका लागि सडक सुरक्षासम्बन्धी कार्यक्रम

काठमाडौँ- ट्रक तथा बस उत्पादन कम्पनी आइसरले ट्रक तथा बस सञ्चालनका लागि सडक सुरक्षासम्बन्धी जानकारी गराएको छ। कम्पनीले कक्षाभन्दा माथिका २ सय जनाभन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुरको गोदावरीस्थित बज्र एकेडेमीमा उक्त जानकारी गराएको हो।

सचेतना गराउने उद्देश्यले उक्त जानकारी गराइएको कम्पनीले जानकारी दिएको छ। बालबालिकालाई सडक सुरक्षाको महत्त्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीको भनाइ छ।

आइसर बसहरू सुरक्षा सुविधाले सुसज्जित रहेका कम्पनीको दाबी छ। अतिरिक्त सुरक्षाका लागि रोल–ओभर परीक्षण, थोरै स्टेपमै सजिलो अनबोर्डिङ, अचानक रोकिनका लागि दाँते गार्डहरू, दु्रत निकासीका लागि दोहोरो आपतकालीन ढोका र चिप्लो सडकहरूमा स्थिर ब्रेकिङका लागि एन्टी–लक ब्रेकिङ प्रणालीले बस सुरक्षित रहेको कम्पनीको तर्क छ।

प्रकाशित: २६ भदौ २०८० १८:५३ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast