आइएमईबाट सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्न सकिने

हिमाल प्रेस ८ असोज २०८० १२:४९ | Monday, September 25, 2023
आइएमईबाट सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्न सकिने

काठमाडौँ- रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहेका  नेपालीले आफ्नो सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ। विदेशस्थित आइएमई रेमिट्यान्स पार्टनरमार्फत सजिलै यो सुविधा लिन सकिने कम्पनीले जनाएको छ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले यो सुविधामार्फत विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताएका छन्। कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागिसमेत आइएमईको सेवाले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन्।

यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामाजिक सुरक्षा योजनाअन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात् न्यूनतम दुई हजार दुई मासिकरूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो।

 

प्रकाशित: ८ असोज २०८० १२:४९ | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast