अष्ट्रेलियाली दूतावासको सहयोगमा अपांगता खेल प्रतियोगिता सम्पन्न

हिमाल प्रेस २७ भदौ २०८० २०:४९ | Wednesday, September 13, 2023
अष्ट्रेलियाली दूतावासको सहयोगमा अपांगता खेल प्रतियोगिता सम्पन्न

काठमाडौँ- नेपालस्थित अष्ट्रेलियाली दूतावासले अपांगता खेल प्रतियोगिता सम्पन्न गरेको छ। राजदूत फेलिसीटी भोल्कले मष्तिष्क पक्षाघात भएका खेलाडीहरूलाई सामुदायिक खेलकुद कार्यक्रममा सहभागी गराएर मेडल प्रदान गरे।

अष्ट्रेलियाली दुतावासको सहयोगमा एसोसिएसन अफ नेप्लीज अलुम्नाई फ्रम अष्ट्रेलिया (आना) र सेल्फ हेल्प ग्रूप फर सेरेव्रल पाल्सीले (एसजीसीपि) संयुक्त रूपमा आयोजित प्रतियोगितामा पक्षाघात भएका बालबालिका र बयस्कहरू गरी ५० जना खेलाडीको सहभागिता थियो।

राजदूत भोल्कले ‘अष्ट्रेलियामा र विश्वभरका देशहरूमा समाजिक समावेशिता प्रवर्द्धन गर्नु अष्ट्रेलियाली सरकारको मुख्य प्राथमिकता रहेको बताए। अपांगता भएका व्यक्तिहरूलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: २७ भदौ २०८० २०:४९ | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast