अष्ट्रेलियामा फिल्म ‘रङ्गेली’को प्रिमियर हुने

हिमाल प्रेस ७ असोज २०८० १५:४६ | Sunday, September 24, 2023
अष्ट्रेलियामा फिल्म ‘रङ्गेली’को प्रिमियर हुने

काठमाडौँ– छायांकनरत फिल्म ‘रङ्गेली’को प्रिमियर अष्ट्रेलियामा गरिने भएको छ। आगामी माघ अन्तिम साता अष्ट्रेलियाको मेलबर्न सहरमा प्रिमियर गरिने फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिए। अष्ट्रेलियाको फिल्म वितरण कम्पनी ‘हट बिट्स ईभेन्टस्’ले ‘रङ्गेली’को प्रिमियर गर्नेछ।

कलाकार दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म अहिले नेपालका पूर्वी जिल्लाहरुमा छायांकन भइरहेको छ। फिल्म सुशन प्रजापतिले छायांकन गरिरहेका छन्। अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्म आगामी फागुन २५ गते प्रदर्शन गरिनेछ। फिल्ममा अन्य कलाकार अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रविन बोगटीलगायत रहनेछन्।

फिल्मका निर्माता संसार चौलागाईं र रमेश भट्टराई हुन्। फिल्मको कथा निर्देशक सुवेदी स्वयंले लेखेका छन्। जीतेन्द्र खतिवडा र अनुजजंग थापा कार्यकारी निर्माता रहेको फिल्म प्लानेट थ्री फिल्म्स् एण्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा निर्माण हुनेछ।

प्रकाशित: ७ असोज २०८० १५:४६ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast