काठमाडौँ- सरकारले काठमाडौँ उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ।
संविधान दिवसको अवसर पारेर बुधबार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन्।
द्रुत बस सेवा सूर्यविनायक-रत्नपार्क चल्नेछ। द्रुत बस सेवा आज उद्घाटन भएपनि सर्वसाधारण यात्रुको लागि भने बिहीबारबाट मात्रै सञ्चालनमा आउनेछ। हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ।
 
 
 
 
 
 
 
 
 
 
 
 
                            प्रकाशित: ३ असोज  २०८० ११:३१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    

                                             
                                             
                                             
                                             
                                             
                                             

