अब वडावडामा रास्वपा गठन हुँदै

हिमाल प्रेस २ असोज २०८० १२:०७ | Tuesday, September 19, 2023
अब वडावडामा रास्वपा गठन हुँदै फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडावडामा रास्वपा गठन सुरु गरेको छ।

आगामी असोज २ गते देखि २० गतेसम्म मनोनयन दर्ता, असोज २१ देखि कात्तिक ९ सम्म दाबी, विरोध र १६ गतेसम्म मतदानको तालिका निर्धारण गरिएको रास्वपाका सह-महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

‘वडावडामा रास्वपाको संगठन निर्माणको लागि गत असार १७ भित्र भेलामार्फत् गठन भएका वडाहरूको असार मसान्तभित्र अद्यावधिक गर्ने सूचना भएको र संगठनको माग बमोजिम भेला आयोजना गर्ने र अद्यावधिक गर्ने म्याद दुई पटक थप गरी अद्यावधिक गराउने मिति भदौ ३१ सम्म तोकिएको छ,’ सहमहामन्त्री बुर्लाकोटीले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यसअवधिमा संगठन नबनेका वडाहरूमका अनलाइनमार्फत् उम्मेदवारी दिएर कमिटी गठनको प्रक्रिया अघि बढाइएको हो।’

आज (असोज २)का मितिदेखि औपचारिक रूपमा वडा भेला गरी वडा समिति गठन गर्ने कार्य रोकिएको र अब मोबाइल एपमार्फत् उम्मेदवारी दर्ता र मतदान गरेर चुनिने उनले बताए।

वडा समितिमा ११ जना निर्वाचित सदस्यहरू हुनेछन्। ११ मध्ये दलित १ जना, महिला ४ जना, ४५ वर्षमुनिका युवा ६ जना रहने बुर्लाकोटीले बताए। निर्वाचित मध्येबाट वडा सभापति, उपसभापति र सचिव चयन हुनेछन्।

प्रकाशित: २ असोज २०८० १२:०७ | Tuesday, September 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast