काठमाडौँ- नेकपा एमाले निकट अनेरास्ववियु लुम्बिनी प्रदेशको अध्यक्षमा रोल्पाका सन्तोष बाठा सर्वसम्मत निर्वाचित भएका छन्।
शुक्रबार बुटवलमा भएको प्रथम प्रदेश अधिवेशनले सन्तोषको नेतृत्वमा ५१ सदस्य कमिटी चयन गरेको हो।
कमिटीको उपाध्यक्षहरूमा नारायण भुसाल, मदन भण्डारी, सरोज ठकुरी, सचिवमा रमेश ढकाल, सहसचिवमा मनिषा ज्ञवाली र शोभाखर गिरी, कोषाध्यक्षमा अन्जित खनाल निर्वाचित भएका हुन्।
त्यसैगरी कार्यालय सचिव तथा संगठन विभाग प्रमुखमा हेमन्त घिमिरे सर्वसम्मत निर्वाचित भएका छन्।
प्रकाशित: १३ असोज २०८० ९:५० | Saturday, September 30, 2023
प्रतिक्रिया




