ओजसमा ‘हराएकी म’

हिमाल प्रेस १ भदौ २०८० १६:४१ | Friday, August 18, 2023
ओजसमा ‘हराएकी म’

काठमाडौँ- रातोपुलस्थित ओजस (शैली) थिएटरमा शुक्रबार (भदौ १) देखि नाटक ‘हराएकी म’ मञ्चन भएको छ। नाटक आइतबार (भदौ ३) सम्म चल्नेछ।

विजयराज आचार्यको कथामा तयार नाटकमा गैरीगाउँ सिनामंगलस्थित लोयोला सेकेन्डरी स्कुलको प्रस्तुति छ। नाटकको परिकल्पना तथा निर्देशन पुष्पराज अवस्थीले गरेका छन्।

नाटकका सहायक निर्देशक भरत महर बिटि हुन्। नाटक शुक्रबार बिहान ११ बजे र दिउँसो १ बजे मञ्चन गरिएको छ। बाकीँ दुई दिन पनि सोही समयमा नाटक मञ्चन गरिने ओजस थिएटरले जनाएको छ।

प्रकाशित: १ भदौ २०८० १६:४१ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast