बहालवाला नगर प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमाल प्रेस १३ भदौ २०८० १३:४३
22
SHARES
बहालवाला नगर प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार गरेको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंहसहित सातजनाविरुद्ध भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त नगरपालिकामा सञ्चालन भएको भनिएको बाख्रा व्यवसायी पकेट कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ।

मुद्दा दायर गरिएका अन्य व्यक्तिमा पशु विकास अधिकृत अर्जुनप्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोजकुमार मण्डल, वडा नं। ४ का तत्कालीन वडा अध्यक्ष रामानन्द चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगत, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्मा छन्। उनीहरूसँग १४ लाख ७१ हजार ९ सय २१ मागदाबी गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ भदौ २०८० १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast