सपना देखेर त्यसलाई पूरा गर्ने कर्म गर्नुपर्छ– एनसेल सीईओ जाब्बोर

हिमाल प्रेस १३ भदौ २०८० ११:५१
सपना देखेर त्यसलाई पूरा गर्ने कर्म गर्नुपर्छ– एनसेल सीईओ जाब्बोर

काठमाडौँ- एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले युवाहरूलाई सपना देख्न र त्यसलाई पूरा गर्ने कर्म गर्न आग्रह गरेको छन्।

काठमाडौँ युथ कन्क्लेभलाई सम्बोधन गर्दै सीईओ जाब्बोरले युवाहरूलाई प्रेरणा र प्रोत्साहन गरेका थिए। यस वर्षको कन्क्लेभको विषय ‘इन्स्पायरिङ युथ, लिडिङ द नेसन’ थियो। जाब्बोरले कार्यक्रममा प्रेरणादायी वक्ताका रूपमा सहभागिता जनाएका थिए।

१६ देखि २५ वर्ष उमेर समूहका युवाको सो भेलामा जाब्बोरले आफ्नो प्रस्तुति राख्दै युवाहरूलाई थप सिक्ने भोक र लगनशीलताका साथ लक्ष्यमा अघि बढ्न प्रेरित गरे।

जाब्बोरले युवाहरूलाई प्रतिस्पर्धी बन्न, आफ्नो इच्छाअनुसार काम गर्न र त्यसलाई वास्तविकतामा परिणत गर्न प्रोत्साहित गरे। उनले भने, ‘प्रतिस्पर्धाले तपाईंलाई राम्रो बनाउँछ। राम्रा प्रतिस्पर्धीहरूले तपाईंलाई अझ राम्रो बनाउँछन्।’

युवाहरूसँग आफ्नो प्रेरणादायी यात्रा, नेतृत्वका मुख्य सिद्धान्त र अनुभव बाँड्दै जाब्बोरले योजनाको महत्त्व र लगनशीलतामा जोड दिनुपर्ने बताए। ‘यदि तपाईं अझ राम्रो गर्न चाहनुहुन्छ र ठूलो सफलता हासिल गर्न चाहनुहुन्छ भने सपना देख्नुपर्छ,’ उनले भने, ‘ सिक्ने जोस हुनुपर्छ र त्यसलाई व्यवहारमा लागू गर्नुपर्छ।’

प्रकाशित: १३ भदौ २०८० ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =