एमाले सचिवालय बैठकका लागि को-को पुगे अम्बास?

हिमाल प्रेस १३ भदौ २०८० ११:३४
14
SHARES
एमाले सचिवालय बैठकका लागि को-को पुगे अम्बास?

काठमाडौँ- नेकपा एमालेका सचिवालय सदस्यहरू जहाजमा प्राविधिक समस्या देखिएपछि अर्को जहाजमा चढेर जनकपुर पुगेका छन्। आजबाट सिराहाको विष्णुपुरकट्टी अम्बासमा सुरु हुन लागेका पार्टी सचिवालय बैठकमा सहभागी हुन नेताहरू जनकपुर पुगेका हुन्।

उनीहरू बिहान पौने ६ बजे काठमाडौँबाट जनकपुर लागेका थिए। तर जनकपुरमा अवतरणका क्रममा जहाजमा समस्या देखिएपछि फेरि काठमाडौँ फर्काइएको थियो। एमाले उपाध्यक्ष सुवास नेम्बाङका अनुसार बुद्ध एयरकै अर्को जहाजमा चढेर जनकपुर पुगेका हुन्।

आफूहरू सकुशल जनकपुर पुगेको एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन्।
अहिले एमाले नेताहरू जनकपुरबाट सिरहा जाने तयारीमा छन्। आज सिरहाको अम्बासमा एमाले सचिवालय बैठक बस्दैछ।

बैठकमा सहभागी हुन आज काठमाडौँबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, सुवास नेम्बाङ, विष्णु पौडेल, युवराज ज्ञवाली, रामबहादुर थापा ‘बादल’ आज बिहाज जहाजमार्फत जनकपुर पुगेका हुन्।

महासचिव शंकर पोखरेल, उपमहासचिवहरू विष्णु रिमाल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ र सचिवहरू लेखराज भट्ट, गोकर्ण बिष्ट, पद्मा अर्याललगायत पनिसँगै छन्। सचिवहरू योगेश भट्टराई र रघुवीर महासेठ मधेशमै छन्। अध्यक्ष केपी शर्मा ओली मंगलबार देखि नै काठमाडौँ बाहिर छन्। उनी पनि केही समयपछि अम्बास पुग्नेछन्।

उनीहरूसँग केशव बडाल, अमृतबहादुर बोहोरा पनि अम्बास लागेका छन्। पार्टीका सबै पदाधिकारी बैठक सकेर आज (बुधबार) बेलुका ७ बजे फर्किने कार्यक्रम छ।

 

प्रकाशित: १३ भदौ २०८० ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast