काठमाडौँ- वैवाहिक बलात्कारको मुद्दामा श्रीमान् भुवन गिरीलाई कारबाहीको माग गर्दै आएकी आरती रावल (गिरी)ले अनशन तोडेकी छन्। मंगलबार गृह मन्त्रालयका उपसचिव कुलबहादुर जीसी र आरती गिरीबीच दुईबुँदे सहमतिपछि उनले अनशन तोडेकी हुन्।
दुई बुँदे सहमतिमा श्रीमान्विरुद्धको वैवाहिक बलात्कार मुद्दा अदालतमा विचाराधीन रहेकाले आरतीको सुरक्षाका लागि गृह मन्त्रालयले मातहतका निकायलाई आवश्यक निर्देशन र सहजीकरण गर्ने भनिएको छ।
दोस्रो बुँदामा १० असार २०८० देखिको अनशन अन्त्य गर्ने भनिएको छ।
प्रकाशित: १२ भदौ २०८० १९:२५
प्रतिक्रिया