पोखरा- पोखराका मानवअधिकारकर्मी टेकनाथ बरालको निधन भएको छ। उनको उपचारका क्रममा मंगलबार मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो।
१९९६ साल जेठ ५ मा जन्मिएका बराल राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका सस्थापक अध्यक्ष हुन्।
पोखरा ७ नुवारथोक निवासी बरालले लामो समय शिक्षण गरेका थिए। उनी पछिल्लो समय मुटु रोग लगायतले ग्रसित थिए। उनका श्रीमती, एक छोरा र तीन छोरी छन्। उनको मंगलबार नै सेती नदी किनार रामघाटमा अन्त्येष्टि हुने नाति कृष्णमणि बरालले बताए।
प्रकाशित: १२ भदौ २०८० १७:०८
प्रतिक्रिया