एभरेष्ट बैंक र हिमालय दृश्य रिसोर्टबीच छुट सम्झौता

हिमाल प्रेस १२ भदौ २०८० १६:१६
एभरेष्ट बैंक र हिमालय दृश्य रिसोर्टबीच छुट सम्झौता

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेड र हिमालय दृश्य रिसोर्ट धुलिखेलबीच छुट सम्झौता भएको छ। योसँगै बैंकका सम्पूर्ण ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशतसम्म छुट पाउने छन्।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौतामा बैंकका कार्ड प्रयोगकर्ता ग्राहक, कर्मचारी तथा तिनका पारिवारिक सदस्यले उक्त छुट पाउने उल्लेख गरिएको छ।

प्रकाशित: १२ भदौ २०८० १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast