स्वयंसेवक शिक्षक खटाउँदै खैरहनी

हिमाल प्रेस १२ भदौ २०८० १०:११
12
SHARES
स्वयंसेवक शिक्षक खटाउँदै खैरहनी

चितवन- खैरहनी नगरपालिकाले सामुदायिक विद्यालयमा अध्यापन गराउन ४१ स्वयंसेवक शिक्षकलाई नियुक्त गरेको छ।

कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी संख्या धेरै भएका विद्यालयमा ती शिक्षक खटाइने नगरपालिकाले जनाएको छ।

खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाँले भनिन्, ‘स्वयंसेवक शिक्षक परिचालनबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनेमा हामी विश्वस्त छौँ।’

ती शिक्षकले अन्य शिक्षकसरह हप्तामा कम्तीमा २८ कक्षा पढाउनुपर्ने हुन्छ।

खैरहनीमा विसं २०७६ यता विषयगत, कक्षागत र विद्यार्थी संख्या धेरै भएर शिक्षक अपुग भएको विद्यालयमा स्वयंसेवक शिक्षकलाई खटाउँदै आएको छ। नगरपालिकाको आन्तरिक आम्दानीबाट नै खर्च हुने गरी स्वयंसेवक शिक्षकको व्यवस्थापन गरिएको हो।

स्वयंसेवक शिक्षकका लागि यस वर्ष नगरपालिकाले ८८ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए। स्वयंसेवक शिक्षकको नियुक्ति पाउनेमा बालविकासतर्फ ११, प्राथमिक तह (कक्षा १-५) का २५, आधारभूत तह (कक्षा ६-८)मा गणित र विज्ञान विषयका चार र मावि तहको नेपाली विषयको एकजना रहेका छन्।

स्वयंसेवक शिक्षकका लागि आवेदन दिएका दुई सय ७२ मध्ये दुई सय ६८ जना सूचीकृत भएका थिए। यसमध्येबाट योग्यताक्रमका आधारमा ४१ जना छनोट गरिएको हो। सुत्केरी बिदा र वैदेशिक यात्रामा गएका बेला रिक्त हुने स्थानमा स्वयंसेवक शिक्षक नै खटाइने छ।

प्रकाशित: १२ भदौ २०८० १०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 14 =