काठमाडौँ- टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक ओम मोटोकर्प प्रालिले दसैँ तिहार तथा छठको अफर सार्वजनिक गरेको छ।
भदौ १० गतेदेखि लागू हुने यस अफरमा ग्राहकले मोडलअनुसार २० हजारदेखि ६० हजारसम्म छुट पाउन सक्नेछन्। त्यसका साथै सहज फाइनान्स तथा एक्सचेञ्जको सुविधा पनि रहेको कम्पनीले उल्लेख गरेको छ।
टारोका मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकले ५ प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दीको सुविधासमेत पाउनेछन्।
प्रकाशित: १० भदौ २०८० १६:४५
प्रतिक्रिया