काठमाडौँ- नेकपा एमालेको आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ।
धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा एमालेका सिरहाका जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए।
एमालेले आजदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो। सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो।
उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो।
प्रकाशित: ९ भदौ २०८० १३:३५
प्रतिक्रिया