काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ।
आज साँझ ५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको सचेतक निशा डांगीले जानकारी दिइन्।
उनका अनुसार बैठकमा विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्वका प्रस्तावहरू र पार्टीको आगामी संसदीय अभ्यासलगायत विविध विषयमा छलफल हुने छ ।
प्रकाशित: ८ भदौ २०८० ८:१८
प्रतिक्रिया