नागरिकका समस्या समाधानमा ‘ब्रेक थ्रु’ योजना तयार गर्न निर्देशन

हिमाल प्रेस ८ भदौ २०८० ६:३२
2
SHARE
नागरिकका समस्या समाधानमा ‘ब्रेक थ्रु’ योजना तयार गर्न निर्देशन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशबाट रोजगारीमा गएका नागरिकका समस्या समाधानमा ‘ब्रेक थ्रु’ गर्ने गरी योजना तयार गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार आयोजित श्रम आप्रवासनसम्बन्धी विद्यमान समस्या तथा समाधानसम्बन्धी छलफल कार्यक्रममा उनले श्रम आप्रवासनमा रहेका नागरिक र उनीहरूले भोगेका समस्याको यथार्थ र वास्तविक तथ्यांक र अध्ययन, अनुसन्धान आवश्यक रहेको भन्दै ती विवरण तत्काल संकलन गर्न निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘वैदेशिक रोजगारीका सम्बन्धमा मध्यपूर्वमा एकथरी समस्या छ, एसिया, युरोप, अमेरिका र खाडीका अन्य देशका समस्या एकै प्रकृतिका छैनन् । त्यसकारण सबैभन्दा पहिले त हाम्रो देशबाट रोजगारीमा गएकाको संख्या, गरिरहेका कामका प्रकार, अहिलेको अवस्था, डकुमेन्टेड वा अनडकुमेन्टेड के छन्? त्यसको एकमुष्ट विवरण तयार पार्नुस्।’

प्रकाशित: ८ भदौ २०८० ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =