राष्ट्रपतिसँग जापानी सांसदहरूको भेटवार्ता

हिमाल प्रेस ७ भदौ २०८० २१:१४
6
SHARES
राष्ट्रपतिसँग जापानी सांसदहरूको भेटवार्ता

काठमाडौँ-  राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानको संसद्को माथिल्लो सदनका सांसदहरू साथै नेपाल-जापान संसदीय मैत्री समूहका सदस्यसमेत रहेका कोबायाशी काजुहिरो र नागइ मान्बुले शिष्टाचार भेटवार्ता गरेका हुन्।

राष्ट्रपतिको कार्यालयमा आज (बिहीबार) भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवम् मैत्रीपूर्णसम्बन्ध रहेको बताएको प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सो अवसरमा राष्ट्रपति पौडेले नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास तथा सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए।

प्रकाशित: ७ भदौ २०८० २१:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =