काठमाडौँ- बाराको चुरियामाईमा काठमाडौँबाट महोत्तरीतर्फ जाँदै गरेको बसका मृतकको सनाखत भएको छ। बसमा एक नेपालीसहित छ भारतीय नागरिक गरी को मृत्यु भएको छ। अन्य १९ जना घाइते छन्।
मधेश प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस पल्टिँदा महोत्तरी जिल्ला लोहारपट्टीका विजय पण्डित र ६ जना भारतीय नागरिकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुने भारतीय नागरिकहरूमा राजस्थानका श्रीकान्त चतुर्वेदी, बहादुर सिंह, सत्यवती, मीरा देवी, राजेन्द्र चतुर्वेदी र वैजनती देवी छन्।
जनकपुर–७ का जिलामी खानसहित उनका सहयोगी सहचालक अन्य २ जना गरी ३ जनालाई प्रहरीले जनकपुरबाट घाइते भएको अवस्थामा नियन्त्रणमा लिएको छ।
बसमा चालक दलका ३ जनासहित २७ यात्रु बसमा थिए। उक्त बस चुरियामाई मन्दिरबाट सय मिटर दक्षिण तर्फको खोलामा खसेको थियो।