उच्चस्तरीय छानबिन समितिको विषयमा छलफल गर्न सर्वदलीय बैठक जारी

कार्यदलले बनाएको मोडालिटीलाई अन्तिम रूप दिने तयारी

हिमाल प्रेस ६ भदौ २०८० १२:०७
4
SHARES
उच्चस्तरीय छानबिन समितिको विषयमा छलफल गर्न सर्वदलीय बैठक जारी

काठमाडौँ- सुन प्रकरणबारे छलफल गर्न सर्वदलीय बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ।
सुन प्रकरणका लागि बनाउने छानबिन समितिको ‘मोडालिटी’ बनायउन बैठक बसेको हो।

यसअघि नै मोडालिटी बनाउन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेको कार्यदल बनाएको थियो। कार्यदलले बनाएको मोडालिटीलाई आजको बैठक अन्तिम रूप दिनेछ।

सोमबार बिहान बसेको कार्यदलको बैठकले आयोगको ड्राफ्ट तयार पारेको थियो।

उक्त कार्यदलले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति बनाउन सिफारिस गरेको बताइएको छ।

प्रकाशित: ६ भदौ २०८० १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast