ग्लोबल आइएमई र बीओके क्यापिटल मर्जपछि एकीकृत कारोबार सुरु

हिमाल प्रेस ५ भदौ २०८० १६:५४
14
SHARES
ग्लोबल आइएमई र बीओके क्यापिटल मर्जपछि एकीकृत कारोबार सुरु

काठमाडौँ- ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र साबिक बैंक अफ काठमाण्डूको सहायक कम्पनी बीओके क्यापिटल मार्केट मर्ज भएका छन्।

दुवै क्यापिटलका एकीकृत कारोबार मंगलबारदेखि सुरु गरिएको हो। एकीकृत कारोबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडकै नामबाट गरिएको कम्पनीले जानकारी दिएको छ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले काठमाडौँमा आयोजित कार्यक्रममा दुई कम्पनीको एकीकृत कारोबारको शुभाारम्भ गरे। यसअघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भएर गत पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार थालिएको थियो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि पूँजीका आधारमा दोस्रो ठूलो कम्पनीको रूपमा स्थापित भएकोमा सोहीअनुरुप सेवाको गुणस्तर कायम गरी नियामकीय निकायको निर्देशन पालना गर्दै अगाडि बढ्ने बताए।

ढकालले नियामकीय निकाय नेपाल धितोपत्र बोर्डलाई मर्चेन्ट बैंकरहरूले हाल गर्दै आएका कामको दायरा विस्तार र आधुनिकीकरणका लागि पहल गर्न ध्यानाकर्षण समेत गराए।

प्रकाशित: ५ भदौ २०८० १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =