काठमाडौँ- मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालन हुन अझै केही समय लाग्ने भएको छ। उक्त सडक खण्डको कालीखोला भन्ने स्थानमा सोमबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। रातिदेखि लोडर र १ वटा स्काभेटरको प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ।
स्काभेटरका अपरेटर शम्भु बैठाले दिएको जानकारीअनुसार कालीखोलाको पहिरो हटाउन बढीमा १ घण्टा लाग्नेछ। त्यसपछि सडक दुवैतर्फ सञ्चालन हुने उनले बताए। सडक अवरुद्ध हुँदा दुवैतर्फ निकै टाढासम्म सवारीसाधन रोकिएका छन्।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुंगा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो। अहिले तीन लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेको उनले बताए।
प्रकाशित: ५ भदौ २०८० १२:२७
प्रतिक्रिया