फिफा सहायक रेफ्री चौधरीको निधन

हिमाल प्रेस १ भदौ २०८० १४:०४
118
SHARES
फिफा सहायक रेफ्री चौधरीको निधन

काठमाडौँ- फिफा सहायक रेफ्री विक्रम चौधरीको अभ्यासकै क्रममा शुक्रबार निधन भएको छ।

नेपाली सेनामा आबद्ध सहायक रेफ्री चौधरी शुक्रबारै बिहान ९:४५ बजे अभ्यासकै क्रममा मैदानमा लडेका थिए।

लड्ने वित्तिकै सेनाकै मेडिकल टिमले मैदानमै उनको प्राथमिक उपचार गरेको थियो। उपचार सम्भव नभएपछि थप उपचारका लागि सेनाको भद्रकालीस्थित अस्पताल पुर्‍याएको थियो। अस्पताल पुग्ने वित्तिकै चिकित्सकले चौधरीलाई मृत घोषित गरेका थिए। उनको आजै पोष्टमार्टम गर्ने तयारी छ।

सन् २००७ देखि रेफ्री करिअर सुरु गरेका उनी फिफा ब्याचको नवीकरणका लागि विशेष तयारीमा थिए। उनीसँगै आर्मीकै राष्ट्रिय रेफ्रीद्धय प्रवीण गौतम र गणेश चौधरी पनि अभ्यासरत थिए।

सर्लाहीका स्थायी वासिन्दा चौधरीको अन्त्येष्टी काठमाडौंमै गर्ने की सर्लाही लाने भन्ने विषयमा उनको परिवारजन र सेनाका अधिकारीहरूबीच कुराकानी चलिरहेको बताइएको छ।

प्रकाशित: १ भदौ २०८० १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast