कहाँ कहाँ पर्दैछ पानी?

हिमाल प्रेस १ भदौ २०८० ६:४३
4
SHARES
कहाँ कहाँ पर्दैछ पानी? फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- आज दिउँसो गण्डकी प्रदेशका एकदुई स्थान र राति कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ।

उनका अनुसार न्यूनचापीय रेखा अहिले भारत नजिक रहेकाले नेपालमा एकाध स्थानबाहेकमा हल्कादेखि मध्यम वर्षाको मात्रै सम्भावना छ।

अहिले पनि गण्डकी र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

काठमाडौँ उपत्यकामामा पनि दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षा कम भएपछि तराईका भूभागहरूमा तापक्रम बढेको छ। हिजो जनकपुरको तापक्रम ३६ डिग्री सेल्सियस पुगेको थियो। विराटनगर, सिमरा, नेपालगञ्ज लगायतका भूभागरहरूमा गर्मी महशुस गरिएको छ।

काठमाडौं उपत्यकामा औसत तामक्रम २८ देखि ३० डिग्री रहनेछ।

वर्षा हुने स्थानहरूमा जलसतह बढ्ने, बाढी, पहिरोको सम्भावना रहने हुँदा सतर्कता अपनाउन मौसम पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: १ भदौ २०८० ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast