रामेछाप जाँदै प्रचण्ड

हिमाल प्रेस ३२ साउन २०८० १२:४०
8
SHARES
रामेछाप जाँदै प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोरम्बा स्मृति दिवस र पार्टीका अरू गतिविधिमा सरिक हुन आज रामेछापको दोरम्बा जाँदै छन्।

प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले भने,‘आज दोरम्बा स्मृति दिवस पनि हो। पार्टीका अरू कार्यक्रमहरू पनि छन्।’

तत्कालीन सरकार र नेकपा माओवादीबीच २०६० सालमा दोस्रो युद्धविराम भएको थियो।

दोस्रो युद्धविरामकै समयमा आजकै दिन (साउन ३२) गते रामेछापको दोरम्बामा तत्कालीन नेपाली सेनाले २१ जना माओवादी छापामारहरूको हत्या गरेको थियो।

प्रकाशित: ३२ साउन २०८० १२:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =