कागबेनी चार दिनदेखि अन्धकारमा

हिमाल प्रेस ३१ साउन २०८० १४:०३ | Wednesday, August 16, 2023
कागबेनी चार दिनदेखि अन्धकारमा

ढोरपाटन– मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा चार दिनदेखि विद्युत् अवरुद्ध भएको छ।

२८ गते आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो। बाढीले विद्युत्का पोलसँगै तार पनि बगाएकाले अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिएका छन्।

बाढीले पोल र तारमा क्षति पुर्‍याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने उनको भनाइ छ। ‘अहिले विद्युत् पूर्णरूपमा अवरुद्ध छ। मर्मतको काम भइरहेको छ,’ प्रजिअ केसीले भने।

बाढीले कागबेनीका २९ घर बगाएको छ भने १३ घरमा आंशिक क्षति पुर्‍याएको छ। केसीका अनुसार बाढीले दुईवटा चारपाङ्ग्रे सवारीसाधन, ३० मोटरसाइकल, २५ पशुचौपाया, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल र एक विद्यालयमा आंक्षिक क्षति पुर्‍याएको छ। रासस

प्रकाशित: ३१ साउन २०८० १४:०३ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast