एनसेल ईपीएल लिग प्रतियोगिता सुरू

हिमाल प्रेस ३१ साउन २०८० १०:४०
एनसेल ईपीएल लिग प्रतियोगिता सुरू
काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले सञ्चालन भइरहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता सुरु गरेको छ। प्रतियोगिताअन्तर्गत सहभागी ग्राहकले साप्ताहिकरूपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज् अर्थात मुख्य पुरस्कार जित्ने मौका पाउनेछन्।
सहभागी एनसेल एप प्रयोगकर्ताहरूले ईपीएलका खेलको आधारमा साप्ताहिकरूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्छन्। प्रतियोगितामा भाग लिन प्रयोगकर्ताहरूले एपमा ‘लगइन’ गरी एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर ‘आइकन’मा गएर ‘प्रेडिक्ट एन्ड विन’भित्र गइ आवश्यक विवरण भरेर खेलको पूर्वानुमान गरेर अंकमा नतिजा साप्ताहिकरूपमा भर्न सक्छन्। ग्राहकलाई साप्ताहिकरूपमा बोनस प्रश्न पनि सोधिनेछ। जसबाट १० अंक संकलन गर्न सकिन्छ र सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
मुख्य पुरस्कारकारूपमा पहिलो पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जीबी डेटा सेवा पाउनेछन्। दोस्रो पुरस्कार विजयी ग्राहकले ६ महिनासम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना २५० जीबी डेटा सेवाको फाइदा लिन सक्नेछन्। त्यसैगरी तेस्रो विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रतिमहिना २५० जीबी डेटा तीन महिनासम्म पाउनेछन्।
यसका साथै विजेताहरूलाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू पनि प्रदान गरिने एनसेलले जानकारी गराएको छ। यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभएसम्म चल्ने छ। यस पे्रडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहकले मात्र भाग लिन सक्नेछन्। ईपीएल खेलको पूर्वानुमान निश्चित खेल हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिन्छ।
साप्ताहिक पुरस्कारमा पाँच विजेतालाई सबैभन्दा बढी प्राप्त गरेको अंकको आधारमा ९९८ रुपैयाँ पर्ने कम्बो प्याक प्रदान गरिने छ। यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथ प्रत्येक दिन २ जीबी डेटा र ४०० अल नेट एसएमएस छ। जुन २८ दिनको लागि मान्य हुन्छ।
प्रकाशित: ३१ साउन २०८० १०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 4 =