काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज नेपाली कांग्रेसबाट एक मन्त्री थप्ने भएका छन्।
मुख्यमन्त्रीस्रोतका अनुसार कांग्रेसबाट गयानन्द मण्डल मन्त्री हुन लागेका हुन्। उनको शपथग्रहण आजै बिहान ९ बजेलाई राखिएको छ।
यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन्।
जसमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एकस्कृत समाजवादीबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन्।
प्रकाशित: ३१ साउन २०८० ९:०४
प्रतिक्रिया