काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई आज पक्राउ गरेको छ।
चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग ३० लाख अवैध रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।
उनले भने, ‘अवैध रकम फेला परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको हो, आज विविध कारणले उनीहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाउन सकिएन, भोलि बुझाइने छ।’
प्रकाशित: ३१ साउन २०८० ६:४०
प्रतिक्रिया