देशभर वर्षाको सम्भावना

हिमाल प्रेस ३१ साउन २०८० ६:१९
2
SHARE
देशभर वर्षाको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- देशका केही भूभागमा आज वर्षाको सम्भावना छ। केही क्षेत्रमा भारी वर्षाको समेत सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागको केही स्थानमा र बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी तथा गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

भारी वर्षाको समेत सम्भावना रहेकाले नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भन्दै विभागले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ ।

प्रकाशित: ३१ साउन २०८० ६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast