काठमाडौं- महिला विश्वकप फुटबलमा स्पेन फाइनलमा पुगेको छ। मंगलबार भएको सेमिफाइनल खेलमा स्विडेनलाई २-१ गोलले हराउँदै स्पेन फाइनलमा पुगेको हो।
स्पेन र स्विडेनबीचको सेमिफाइनल खेलमा तीनै गोल अन्तिम ९ मिनेटभित्रै हुँदा खेल निकै रोमाञ्चक भएको थियो। दुइटै टिमबीच न्यूजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा पहिलो सेमिफानल भएको हो। अर्को सेमिफाइनल अस्ट्रेलिया र इङ्ल्यान्डबीच बुधबार हुनेछ।
विजेत टोलीले स्पेनसँग फाइनल खेल्नेछ। यसअघि स्पेनले नेदरल्यान्ड्स र स्विडेनले जापानलाई हराएर दुवै टिम सेमिफाइनल पुगेका थिए।
प्रकाशित: ३० साउन २०८० १९:३२
प्रतिक्रिया