मुगु जिप दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु

हिमाल प्रेस ३० साउन २०८० ८:००
12
SHARES
मुगु जिप दुर्घटना : हुम्लाका चार यात्रुको मृत्यु

हुम्ला- मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप (बोलेरो) दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन्।

सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो। मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए।

उनका अनुसार सो जिपमा चालकसहित नौ जना सवार रहेका थिए । प्रनाउ बस्नेतले भने, ‘मृतकमा सर्केगाड गाउँपालिका–२ रिपका राम परियार, सिमकोट गाउँपालिका–२ का प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका राम परियार, पिउस परियार भएको शोरु प्रहरी चौकीले सनाखत गरेको छ।’

जिपमा सवार हुम्लाका पाँच जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा तारापानी आधारभूत स्वास्थ्यचौकीमा मृत्यु भएको छ।

उक्त जिपमा चालकसहित नौ यात्रु रहेका बताइएको छ । जिप दुर्घटनाको कारणबारे अहिलेसम्म केही खुलेको छैन ।

प्रकाशित: ३० साउन २०८० ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast