काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ।
जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
यसैबीच राति, देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
कोशी र मधेशका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाको भनाइ छ।
प्रकाशित: ३० साउन २०८० ६:२३
प्रतिक्रिया