नक्कली भुटानी शरणार्थी प्रकरण : करिब २ करोड ठगी भएको भन्दै थप १८ जनाले दिए उजुरी

हिमाल प्रेस २९ साउन २०८० १७:२४
24
SHARES
नक्कली भुटानी शरणार्थी प्रकरण : करिब २ करोड ठगी भएको भन्दै थप १८ जनाले दिए उजुरी शरणार्थी प्रकरणमा थुनामा रहेका खाण र रायमाझी।

काठमाडौँ- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको छ।

काठमाडौँमा सानु भण्डारी, केशव दुलालसमेतको संयुक्त मिलेमतोमा विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भनी प्रलोभन र विश्वासमा परेर लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौं लगायतका जिल्लाका १८ जना पीडितबाट करोडौं रकम ठगी गरेको उजुरी परेको हो।

उनीहरूले करिब एक करोड ८५ लाख ९२ हजार रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपसहित तीन वटा निवेदन पेस भएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले जाहेरीसहित सबै कागजात कार्यालयले काठमाडौँ प्रहरी परिसर टेकु पठाएको छ।

यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत उच्च पदस्थहरू पूर्वपक्षका लागि थुनामा छन्।

प्रकाशित: २९ साउन २०८० १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast