एसिया कपका लागि नेपाली टिम घोषणा

हिमाल प्रेस २९ साउन २०८० १६:०७ | Monday, August 14, 2023
एसिया कपका लागि नेपाली टिम घोषणा फाइल तस्बिर।

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप क्रिकेटका लागि टिम घोषणा गरेको छ। यही अगस्ट ३० तारिखदेखि पाकिस्तानमा हुने एसिया कपका लागि क्यानले सोमबार १७ सदस्यीय टिम घोषणा गरेको हो।

रोहित पौडेलको कप्तानीमा आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरीलगायत छन्। त्यस्तै सन्दिप लामिछाने, करन केसी, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, प्रतीस जीसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल टिममा छन्।

नेपाली टिम यही अगस्ट २२ तारिखमा पाकिस्तान पुग्ने तय यसअघि नै गरिएको छ। ३० अगस्टमा नेपाल र पाकिस्तानबीच उद्घाटन खेल हुने भए पनि अभ्यास खेलका लागि नेपाली टिम एक साताअघि नै पाकिस्तान पुग्नेछ।

एसिया कपमा नेपाल, पाकिस्तान र भारत एउटा समूहमा छन्। ६ टिमको सहभागिता रहेको प्रतियोगितामा श्रीलंका, बंगलादेश र अफगानस्तान अर्को समूहमा छन्। प्रतियोगिताका भारतीय टिमसँगका खेल श्रीलंकामा हुनेछन्।

प्रकाशित: २९ साउन २०८० १६:०७ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast