एमालेको अवरोधपछि संसद् बैठक स्थगित

हिमाल प्रेस २९ साउन २०८० १५:२० | Monday, August 14, 2023
एमालेको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

सुन काण्ड छानबिनको लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै आएको एमालेले सोमबारको बैठक पनि बस्न दिएन। एमालेले लामो समयदेखि लगातार बैठक अवरुद्ध गर्दै आएको छ।

सभामुखले बैठक सुरु भएको घोषणा गरेसँगै एमाले सांसदहरू उठेर नाराबाजी गरेका थिए। उनीहरूले गृहमन्त्रीको राजीनामासमेत मागेका छन्।

प्रतिनिधि सभाको अर्को बैठक भदौ ३ गते आइतबार दिनको १ बजे बस्नेगरी बोलाइएको छ।

प्रकाशित: २९ साउन २०८० १५:२० | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast