सुन तस्करसँग सम्पर्क रहेको राहुल महराद्वारा स्वीकारोक्ति

हिमाल प्रेस २९ साउन २०८० १२:५७ | Monday, August 14, 2023
सुन तस्करसँग सम्पर्क रहेको राहुल महराद्वारा स्वीकारोक्ति

काठमाडौँ- सुन तस्करी प्रकरणमा नाम जोडिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराले आफूहरूको सुन तस्करसँग सम्पर्क रहेको स्वीकारेका छन्। आज सामाजिक सञ्जालमा लेख्दै आफूहरू राज्यले गरिरहको अनुसन्धानलाई सघाउन तयार रहेको समेत बताएका छन्।

यद्यपि, झुटा आरोप लगाएर जबर्जस्ती आरोप पुष्टि गराउन खोज्न कार्य भइरहेको भन्दै उनले भर्त्सना गरेका छन्। तर पछिल्लो समय मिडियाले भने आफ्नो राजनीति सक्न लागेको भन्दै आपत्ति जनाएका छन्।

‘पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भत्र्सना गर्दछौं।’

उनले भनेका छन्,‘सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो।’

प्रकाशित: २९ साउन २०८० १२:५७ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast