काठमाडौँ- जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथ लिएकी छन्। आज बिहान उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन्।
उनलाई कुन मन्त्रालय दिने खुलाइएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खाली गराउन भनेका छन्।
सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने प्रधानमन्त्रीको तयारी छ। साहलाई त्यही मन्त्रालयको जिम्मेवारी दिन सक्ने माओवादी निकट स्रोतको दाबी छ।
प्रकाशित: २९ साउन २०८० १०:३२
प्रतिक्रिया