काठमाडाैँ- कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नागरिकलाई स्वच्छ, निष्पक्ष र छिटोछरितो तथा प्रभावकारी न्यायसम्पादन प्रदान गर्न न्यायपालिका गम्भीर र संवेदनशील रहेको बताएका छन्।
नेपाल कानून व्यवसायी परिषद्को ३०औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा श्रेष्ठले योजनाबद्ध सुधार तथा विशेष अभियान तथा न्यायाधीशलगायत सरोकारवाला सबैको प्रतिबद्धता र लगनका कारण न्यायसम्पादनमा सकारात्मक उपलब्धिहरू देखा पर्न थालेको पनि बताए।
कोरोनाका कारण लामो समयसम्म पर्न गएको प्रभावको व्यवस्थापनको चुनाैति रहेको र अदालतमा लामो समयदेखि न्यायाधीशको दरबन्दी रिक्त रहेको अवस्थाकामा पनि गत आर्थिक वर्षमा देशैभरका अदालतको मुद्दा फछर्यौटको अवस्था उत्साहपूर्ण रहेको उनकाे भनाइ थियाे।
स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकाका लागि कानुन व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। परिषद्को सीमित स्रोत साधनमा पनि कार्यसम्पादन सन्तोषजनक रहेको उनकाे भनाइ थियाे।