काठमाडौ- सोलुखुम्बुको जुनवेशी माध्यमिक विद्यालयको नयाँ भवन निर्माणमा चाँगुनारायण फाउन्डेसनले सहयोग गरेको छ। फाउन्डेसनको सहयोगमा विद्यालयको नयाँ भवन निर्माणको कार्य सुरु गरिएको हो।
सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नयाँ निर्माण हुने भवनको शिलान्यास गरे। चाँगुनारायण फाउन्डेसनको २ करोड २४ लाख ४२ हजार रूपैयाँ सहयोग लागतमा सुविधा सम्पन्न भवन निर्माण हुन लागेको विद्यालयले जानकारी दिएको छ।
भवन निर्माणको जिम्मेवारी आरआर अमर ज्योति जेभीलाई दिइएको छ। आगमी २०८१ असार १६ गते सम्पन्न गर्ने गरी निर्माण सम्झौता गरिएको छ।
प्रकाशित: २७ साउन २०८० १९:३३
प्रतिक्रिया